Notices
नेपाल सरकार
ऊर्जा मन्त्रालय
विद्युत विकास विभागको
सूचना
जलविद्युत उत्पादन, प्रशारण तथा वितरण आयोजनाहरुको लागि आवश्यक निर्माण उपकरण, मेशिनरी औजार तथा तीनका पार्टपूर्जा आदिको आपूर्तिको लागि नेपालमा उत्पादन हुनेको हकमा स्वदेशी उत्पादनलाई नै प्रोत्साहन दिने मौजुदा नीति अनुरुप विद्यमान आर्थिक ऐनले नेपालमा उत्पादन नहुने सामानहरुमा मात्र कर छुटको सुविधा प्रदान गर्ने व्यवस्था गरेको सर्वविदितै छ । यस प्रयोजनको लागि उपरोक्त सरसामानहरुका नेपाली उत्पादनकर्ताहरुले आफुले उत्पादन गरेको बस्तुको Technical Specification सहितको विवरण, सो वस्तुको लागि प्राप्त नेपाल गुणस्तरको प्रमाणपत्रको प्रतिलिपी, वार्षिक उत्पादन क्षमता तथा आफ्नो उद्योगको उद्योगदर्ता प्रमाणपत्रको प्रतिलिपी यस विभागको तल उल्लेखित ठेगानामा उपलब्ध गराइदिनु भई नेपालमा उत्पादन हुने सामानहरुको लगत तैयार गर्ने कार्यमा सहयोग पुर्याईदिनुहुन अनुरोध गरिन्छ ।
ठेगानाः
विद्युत विकास विभाग
थापागाउँ, अनामनगर
पो.ब.नं. २५०७
फोन नं: ४४९६८००, ४४८०३२६, ४४८०४२५, ४४८१६१४
फ्याक्सः ०१–४४८०२५७
email: arun65_us@yahoo.com