विद्युत महसुल निर्धारण आयोगको सूचना
नेपाल विद्युत प्राधिकरण अन्तर्गतका समस्त ग्राहकवर्गहरुलाई मिति २०५८ साल श्रावण महिनादेखि लागु रहेको विद्यमान विद्युत महसुल दर तथा अन्य सेवा दस्तुरमा समयानुकूल समायोजन तथा निर्धारण गरी महसुल बृद्धि गर्ने सम्बन्धमा उक्त संस्थाबाट यस आयोग समक्ष महसुल निर्धारण गरी पाउन प्रस्ताव गरेको हुंदा प्रस्तावित महसुल दरमा कुनै उपभोक्ता, ब्यक्ति वा संस्थाको कुनै राय, प्रतिकृया वा सुझाव भए यस आयोग समक्ष लिखितरुपमा सात दिन भित्र उपलब्ध गराई सहयोग गर्नु हुन सूचित गरिन्छ । हाल विद्यमान महसुल दर तथा प्रस्तावित महसुल दर देहाय बमोजिम छः
विद्युत महसुल निर्धारण आयोगको सचिवालय
विद्युत विकास विभाग,
थापा गांउ, अनामनगर, काठमाण्डौ
फोन नं ४४८१४०४
फ्याक्स नं ४४८०२५७
इमेल etfcnepal@gmail.com