Notices
नेपाल सरकार
ऊर्जा मन्त्रालय
विद्युत विकास विभाग
अनुमतिपत्रको लागि थप दस्तुर तथा आवश्यक विवरण बुझाउने बारे अत्यन्त जरुरी सूचना
(सूचना प्रकाशित मितिः २०६९।११।११ गते)
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिएका तर अनुमतिपत्र जारी भई नसकेका प्रवर्द्धकहरुले मिति २०६९।०६।१५ को नेपाल राजपत्र (खण्ड ६२ संख्या २७ भाग ५) मा प्रकाशित सूचना अनुसार संशोधन भएको अनुमतिपत्र दस्तुर बमोजिम थप हुन आउने नपुग दस्तुर एवं जलविद्युत आयोजना अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०६८ बमोजिमका आवश्यक विवरणहरु यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र यस विभागमा बुझाउन हुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ । तोकिएको समयावधि भित्र थप दस्तुर र विवरणहरु नबुझाउने प्रवर्द्धकका दरखास्तहरु रद्द भई जाने व्यहोरा समेत यसै सूचना मार्फत् जानकारी गराईन्छ ।