NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व नवमी - ९

आयोजना अध्ययन महाशाखा

यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको सामान्य निर्देशन सुपरिवेक्षण, नियन्त्रणमा रही बहुउद्देशीय तथा जलविद्युत आयोजनाहरुको पहिचान सर्बेक्षण तथा संभाव्यता अध्ययन विद्युत विकासका लागि वैदेशिक सहायताको लागि आवश्यक अध्ययन तथा प्रस्ताव तयार गराउने कार्यका साथै महाशाखा र अन्तर्गतको दैनिक प्रशासन तथा प्राविधिक कार्यको सुसंचालन गर्ने गरी निम्न जिम्म्वारी बहन गर्नु पर्दछ । महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।

यस अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा ४ तथा रा.प. तृतीय श्रेणीमा १५रहेको छ । शाखागत कार्य विवरण निम्नानुसार छ ।

.आयोजना अध्ययन शाखा

२. भौगर्भिक अध्ययन तथा नक्सांकन शाखा

.डिजाइन तथा कार्यान्वयन शाखा

४. विद्युत प्रसारण तथा इलेक्ट्रोमेकानिकल शाखा