- विभाग र अन्तर्गत निकायहरूबाट गरिने अन्तराष्ट्रिय सम्झौता करार वा अन्य लिखतहरूको मस्यौदा सम्बन्धी काम गर्ने ।
- विभागलाई आवश्यक पर्ने ऐन, नियमहरूसम्बन्धी कानूनहरूको अनुवाद गर्ने ।
- विभाग र अन्तर्गत निकायहरू पक्ष विपक्ष हुने वा भएको मुद्दामा सम्बन्धित अड्डा अदालतमा दिइने उजुरी, प्रतिवेदन लिखित जवाफ वा पुनरावेदनको लिखत तयार गर्ने ।
- विभागका महाशाखाहरू, शाखाहरू तथा आयोजनाहरूबाट माग गरेका विषयमा कानुनी राय, सल्लाह उपलब्ध गराउने
- ऊर्जासँग सम्बन्धित कानूनहरूको विषयमा, अध्ययन, अनुसन्धान एवम् खोजीनीति गरी समसामयिक सुधारका लागि आवश्यक कारबाही गर्ने ।