Sano Gaucharan, Kathmandu, Nepal     (977-1-) 4534119      (977-1-) 5244257     info@doed.gov.np

Divisions

आयोजना अध्ययन महाशाखा

यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको सामान्य निर्देशन सुपरिवेक्षण, नियन्त्रणमा रही बहुउद्देशीय तथा जलविद्युत आयोजनाहरुको पहिचान सर्बेक्षण तथा संभाव्यता अध्ययन विद्युत विकासका लागि वैदेशिक सहायताको लागि आवश्यक अध्ययन तथा प्रस्ताव तयार गराउने कार्यका साथै महाशाखा र अन्तर्गतको दैनिक प्रशासन तथा प्राविधिक कार्यको सुसंचालन गर्ने गरी निम्न जिम्म्वारी बहन गर्नु पर्दछ । महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।

  • नदी बेसिनहरुको जलस्रोत सम्बन्धी योजनाहरुको सर्बेक्षण एवं अध्ययन र जलविद्युत तथा बहुउद्देशीय आयोजनाहरुको छनौट, सर्बेक्षण र तथा पूर्व संभाव्यता अध्ययन कार्यहरुको समन्वय तथा सुपरिवेक्षण कार्यका साथै तत्सम्बन्धी सम्पूण व्यवस्थापन कार्य गर्ने गराउने।
  • नेपाल सरकारको लगानीका कार्यान्वयनको लागि छनौट भएका आयोजनाहरुको अध्ययन तथा कार्यान्वयन योजना तर्जुमा गर्ने गराउने ।
  • राष्ट्रिय विद्युत मागको प्रक्षेपण गर्ने गराउने ।
  • विद्युत विकासमा सौर्य, ताप एवं वायु शक्ति यथोचित विकास गर्ने गराउने ।
  • बैदेशिक सहायता जुटाउने कार्यका लागि आवश्यक अध्ययन एवं प्रस्ताव तयार गर्ने कार्य गर्ने गराउने ।
  • विद्युत आदान प्रदान गर्नका लागि आवश्यक प्राविधिक अध्ययन एव विश्लेषण सम्बन्धी कार्य गर्ने गराउने ।
  • विद्युत मागको प्रक्षेपण र विद्युत उत्पादन प्रशारण तथा वितरणको दीर्धकालीन र अल्पकालीन योजनाहरुको सम्बन्धमा गरिएका प्राविधिक अध्ययनहरुको समिक्षा तथा विश्लेषण गरी आवश्यक सिफारिस सुझाव तयार गरी राख्ने ।
  • विद्युत आदान प्रदान गर्नका लागि व्यवस्थापकीय आवश्यक कार्य गर्ने गराउने ।
  • आवश्कतानुसार सम्बन्धित विषयमा हुने सभा,  गोष्ठि तथा सेमिनारमा भाग लिने ।
  • अधिनस्थ कर्मचारीहरुको काममा मार्ग दर्शक बनी कर्मचारीहरुलाई सुपरिवेक्षण आवश्कतानुसार निर्देशन र नियन्त्रण गर्ने।
  • प्रत्यायोजित अधिकार बमोजिम खर्चको निकासा दिने र अन्य कार्यहरु गर्ने।
  • प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तयार गर्ने, प्रोत्साही पुरस्कार, सरुवा, वढुवा तथा आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षकसमक्ष पेश गर्ने ।
  • प्रत्यायोजित अधिकार बमोजिम टेण्डर आव्हान गर्ने र शर्त अनुसारको कार्य भए नभएका मनिटरिङ्ग गर्ने शर्त बमोजिम कार्य नभएमा कारवाहीको लागि राय सहित पेश गर्ने ।

यस अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा  ४ तथा रा.प. तृतीय श्रेणीमा १५रहेको छ । शाखागत कार्य विवरण निम्नानुसार छ ।

.आयोजना अध्ययन शाखा

  • जल विद्युत आयोजनाहरुको पहिचान तथा सर्वेक्षण गर्ने/ गराउने,
  • पहिचान भई आकर्षक देखिएका आयोजनाहरुको पूर्व सम्भाव्यता अध्ययन गर्ने  / गराउने,
  • सम्भाव्य भएका आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने / गराउने,
  • सामाजिक आर्थिक रुपमा viable र प्रतिफलदायी विध्युत् आयोजनाहरुको पहिचान गरी Project Bank  तयार गर्ने,
  • वहुउद्देश्यीय आयोजनाहरुलाई प्राथमिकताको आधारमा छनौट गरी अध्ययन अनुसन्धान गर्ने,
  • योजना कार्यान्वयनको लागि आवश्यक पर्ने पूर्वाधारहरुको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्ने/गराउने,

२. भौगर्भिक अध्ययन तथा नक्सांकन शाखा

  • भू विज्ञान सम्बन्धी अध्ययन गर्ने/गराउने ।
  • सम्भावित जलविद्युत आयोजनाको विभिन्न चरणको इन्जिनियरिङ्ग तथा भौगर्भिक सर्भेक्षण कार्य गर्ने गराउने ।
  • विद्युत आयोजनाको संरचनाहरुको इन्जिनियरिङ जियोलोजिकल नक्सा तयार गर्ने गराउने ।
  • भौगर्भिक सर्वेक्षण तथा प्राप्त तथ्यांकहरुको विश्लेषण गरी आयोजना स्थलको इन्जिनियरिङ्ग जियोलोजीको दृष्टिकोणबाट प्रतिवेदन तयार गर्ने गराउने ।
  • विस्तृत इन्जिनियरिङ्ग जियोलोजी सर्भेक्षण र प्रतिवेदन तयार गर्ने कार्यको लागि आवश्यकता अनुसार विशेषज्ञहरु (सिभिल, मेकानिकल, इलेक्ट्रीकल आदिसित) सम्पर्क र समन्वय कायम गर्ने गराउने ।

.डिजाइन तथा कार्यान्वयन शाखा

  • विद्युत आयोजनाहरूको डिजाइन गर्ने गराउने ।
  • सम्भाव्य योजनाहरुको विस्तृत इन्जिनियरिङ्ग डिजाइन गर्ने /गराउने,
  • विद्युत  आयोजनाहरूको विस्तृत इन्जिनियरिङ डिजाइन गराउने कार्यका लागि प्रक्रिया प्रारम्भ गर्ने, TOR तयार गर्ने र अन्तिममा ठेक्का सम्झौता सम्पन्न गरी परामर्शदातृ संस्थाबाट प्राप्त प्रतिवेदनहरू अध्ययन गरी राय सुझाव दिने ।
  • विभागबाट निर्माण हुने आयोजनाहरूको लागि विशेषज्ञ सेवा उपलब्ध गराउने ।
  • आयोजना निर्माणको लागि छुट्टै आयोजना कार्यान्वयन गर्ने इकाइको गठन गर्ने, दरबन्दी स्वीकृत गराउने ।
  • आयोजना तर्जुमा तथा अध्ययन महाशाखाले तयार गरेका आयोजनाहरूको सम्भावना र वातावरणीय अध्ययनको आधारमा विस्तृत इन्जिनियरिङ डिजाइन सम्पन्न गरी आयोजना कार्यान्वयनमा लैजाने ।

४. विद्युत प्रसारण तथा इलेक्ट्रोमेकानिकल शाखा

  • राष्ट्रिय ग्रीड तथा प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने / गराउने ।
  • विध्युत् आदानप्रदान सम्बन्धी आवश्यक कार्य गर्ने / गराउने ।
  • क्रसबोर्डर विद्युत प्रसारण लाइन पहिचान, विस्तार एवम् समन्वयको कार्य गर्ने/ गराउने ।
  • देशव्यापी विद्युत मागको प्रक्षेपण गर्ने / गराउने ।
  • सम्भाव्य भएका आयोजनाको विद्युत प्रसारण लाइनको अध्ययन गर्ने/ गराउने ।
  • वैकल्पिक ऊर्जा सम्बन्धमा अध्ययन गर्ने/ गराउने ।
  • आयोजनाहरुको इलेक्ट्रोमेकानिकल सम्बन्धी अध्ययन कार्य गर्ने/ गराउने ।

अनुमतिपत्र महाशाखा

यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षण, नियन्त्रण र निर्देशनमा रहि प्रचलित नियम कानून बमोजिम महाशाखा प्रमखको हैसियतले महाशाखाको निम्न  कार्यहरुको सचालनमा पूर्णरुपले जिम्मेवारी वहन गरी नियमित कार्यहरु संचालन गर्ने गराउने र सो सम्बन्धि कार्य सम्पादन गर्न महानिर्देशकलाई सहयोग गर्ने जिम्मेवारी बहन गर्नु पर्ने छ। महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।

  • विद्युत विकासमा संलग्न हुने निजी क्षेत्रका उद्यमीहरुबाट प्राप्त प्रस्तावहरुको स्थलगत लगायत प्राविधिक, आर्थिक वातावरणीय अध्ययन तथा मूल्याकन गर्ने गराउने ।
  • निजीक्षेत्रबाट निर्माण गरिने आयोजनाहरुको लागिदिइने सुविधाका सम्बन्धमा निजहरुको प्रस्ताव अध्ययन गर्ने   गराउने।
  • निजीक्षेत्रबाट निर्माण गरिने आयोजनाहरुको लागि आवश्यक समन्वय प्रदान गर्ने ।
  • अनुमतिपत्र सम्बन्धी कार्य गर्ने गराउने ।
  • निजी क्षेत्रबाट संचालन हुने संभावित  योजनाहरुको सुची तयार गर्ने गराउने ।
  • निजी क्षेत्रबाट जलविद्युत आयोजनाको विकास र यसको प्रवर्द्धन गर्ने तथा यसको लागि आवश्यक प्रचार प्रसार गर्ने गराउने ।
  • निजी क्षेत्र सँग नेपाल सरकालले गर्नु पर्ने विभिन्न सम्झौता आदिमा अध्ययन गरी त्यसको प्रारुप तयार गर्ने गराउने ।
  • निजी क्षेत्रबाट संचालित अध्ययन आयोजनाको अनुगमन गर्ने ।
  • उल्लेखित कार्यहरुको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिको लागि सुपरिवेक्षक समक्ष पेश गर्ने ।
  • उल्लेखित कार्यहरुको कार्य प्रगति प्रतिवेदन तयार गरी सुपरीवेक्षकमा पेश गर्ने ।
  • आवश्यकताअनुसार सम्बन्धित विषयमा हुने सभा, गोष्ठी तथा सेमिनारमा भाग लिने ।
  • अधिनस्थ कर्मचारीहरुको काममा मार्ग दर्शक बनी कर्मचारीहरुलाई सुपरिवेक्षण आवश्कतानुसार निर्देशन र नियन्त्रण गर्ने।
  • प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने गराउने ।
  • प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तयार गर्ने र प्रोत्साही पुरस्कारका लागि सिफारिस सहित सुपरिवेक्षक  समक्ष पेश गर्ने ।

यस महाशाखा अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा  ४ तथा रा.प. तृतीय श्रेणीमा १२ रहेको छ । शाखागत कार्य विवरण निम्नानुसार छ ।

१. अनुमतिपत्र शाखा (पूर्वक्षेत्र, मध्यक्षेत्र, पश्चिमक्षेत्र र मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्र)

  • विद्युत विकासमा संलग्न हुने प्रवर्धकबाट प्राप्त प्रस्तावहरुको प्राविधिक, आर्थिक तथा वातावरणीय पक्षहरुको मूल्यांकन गरी अनुमतिपत&##2381;रको लागि सिफारिस गर्ने,
  • अनुमतिपत्र नविकरण लगायतका कार्यहरुमा मन्त्रालयलाई सघाउने,
  • निजीक्षेत्रबाट निर्माण हुने आयोजनाहरुको लागि आवश्यक समन्वय गर्ने,
  • अनुमतिपत्र वापत विभिन्न दस्तुर उठाउने,
  • विदेशी विनिमय तथा कानून बमोजिम प्रवर्धकहरुले पाउने सुविधा उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने,

निरीक्षण तथा अनुगमन महाशाखा

यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षण, नियन्त्रण र निर्देशनमा रहि प्रचलित नियम कानून बमोजिम महाशाखा प्रमखको हैसियतले महाशाखाको निम्न  कार्यहरुको सचालनमा पूर्णरुपले जिम्मेवारी वहन गरी नियमित कार्यहरु संचालन गर्ने गराउने र सो सम्बन्धि कार्य सम्पादन गर्न महानिर्देशकलाई सहयोग गर्ने जिम्मेवारी बहन गर्नु पर्ने छ। महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।

  • निजी क्षेत्रबाट संचालित निर्माणाधिन एवं संचालनमा रहेका आयोजनाहरुको अनुगमन गर्ने ।
  • अनुमति पत्र बमोजिम जलस्रोत उपयोग भए नभएको निरीक्षण गरी दिएको प्रतिवेदन अनुसार कारवाही गर्ने गराउने ।
  • विद्युत  संरचनाको त्रुटीबाट हुने  र त्यस सम्बन्धी जाँच बुझ सम्बन्धी कार्य गर्ने गराउने ।
  • विद्युत सेवाको स्तर र विद्युत उत्पादन एवं वितरणमा उपयोग हुने सामानहरुको स्तर, उपयोग तरीका बारे निर्देशिका तयार गर्ने गराउने र सो अनुसार निरीक्षण गर्ने गराउने ।
  • विद्युत विकास गर्ने एवं सेवालाई स्तरीय एवं सुरक्षात्मक बनाउने कार्यहरु गर्ने गराउने ।
  • उत्पादन र वितरण गरिने विद्युतको गुणस्तर निरीक्षण गर्ने,  यसका लागि विद्युतको भोल्टेज तथा अन्य प्राविधिक कुराहरुको पालना भए नभएको निरीक्षण गर्ने गराउने ।
  • विद्युत उत्पादन केन्द्र, रुपान्तरण केन्द्र, उपकेन्द्र वा विद्युत सित सम्बन्धित कुनै संरचनाको सुरक्षाको मापदण्ड तोक्ने र तत्सम्बन्धी कार्य गर्ने गराउने ।
  • विद्युत आयोजनाहरुको सर्बेक्षण उत्पादन सम्बन्धमा आवश्यक गुणस्तर निर्धारण गरी सो अनुरुप भए नभएको निरीक्षण गर्ने,   गराउने ।
  • आयकर तथा अन्य कर, विदेशी विनिमय, जग्गा प्राप्ति र अधिग्रहण तथा अन्य प्रचलित कानून बमोजिम निजी उद्यमीहरुलाई  सुविधा उपलब्ध गराउने ।
  • अधिनस्थ कार्यहरुको वार्षिक कार्यक्रम तथा बजेट तर्जुनमा गरी स्वीकृतिको लागि सुपरिवेक्षक समक्ष पेश गर्ने ।
  • अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी सुपरिवेक्षकमा पेश गर्ने ।
  • आवश्यकतानुसार सम्बन्धित विषयमा हुने सभा गोष्ठि तथा सेमिनारमा भाग लिने ।
  • अधिनस्थ कर्मचारीहरुको काममा मार्ग दर्शक बनी कर्मचारीहरुलाई सुपरिवेक्षण आवश्कतानुसार निर्देशन र नियन्त्रण गर्ने।
  • विध्युत् महशुल निर्धारण आयोगको सचिवालयको कार्यमा सहयोग पुर्याउने।
  • प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने गराउने ।
  • प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तयार गर्ने प्रोत्साही पुरस्कार सरुवा, वढुवा सम्बन्धी आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षक समक्ष पेश गर्ने ।
  • प्रत्यायोजित अधिकार बमोजिम टेण्डर आव्हान गर्ने र शर्त अनुसारको कार्य भए नभएका मनिटरिङ्ग गर्ने शर्त बमोजिम कार्य नभएमा कारवाहीको लागि  राय सहित पेश गर्ने ।

यस महाशाखा अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा  ४तथा रा.प. तृतीय श्रेणीमा १४ रहेको छ । शाखागत कार्य विवरण निम्नानुसार छ ।

१. आयोजना निरीक्षण तथा अनुगमन शाखा (पूर्व र मध्यक्षेत्र तथा पश्चिम, मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्र)

  • अनुमतिपत्र बमोजिम जलस्रोतको उपयोग भए नभएको स्थलगत निरीक्षण गर्ने । आयोजनाका संरचनाहरुको निर्माण कार्य नियमित तथा स्तरीय भए नभएको तथा वातावरणमा प्रतिकूल असर पारे नपारेको सम्बन्धी निरीक्षण गर्ने,
  • अनुमतिपत्र खारेज गर्ने तथा दण्ड सजाय सम्बन्धमा अध्ययन गरी सुझाब दिने,
  • विद्युत संरचनाहरुमा हुने दुर्घटना सम्बन्धी जाँचबुझका सम्पूर्ण कार्यहरु गर्ने / गराउने,
  • असंलग्न रुपमा विद्युत वितरण गरिरहेका संस्थाहरुको महसुल तथा अन्य दस्तुर सम्बन्धमा विद्युत ऐन वमोजिम भए–नभएको निरीक्षण गर्ने ।

२. रोयल्टी व्यवस्थापन तथा विद्युत प्रणाली निरीक्षण शाखा

  • विद्युत सेवाको स्तर र विद्युत उत्पादन एवं वितरणमा उपयोग हुने सामानहरुको स्तर एवं उपयोगको तरिकाबारे निर्देशिका तयार गर्ने गराउने र सो बमोजिम भए नभएको निरीक्षण गर्ने,
  • विद्युत सेवालाई स्तरीय एवं सुरक्षायुक्त बनाउने कार्यहरु गराउने,
  • उत्पादन र वितरण गरिने विद्युतको गुणस्तर निरीक्षण गर्ने । यसका लागि विद्युतको भोल्टेज तथा अन्य प्राविधिक कुराहरुको पालना भए नभएको निरीक्षण गर्ने,
  • विद्युत उत्पादन केन्द्र, रुपान्तरण केन्द्र, उपकेन्द्र वा विद्युतसित सम्बन्धित कुनै संरचनाको सुरक्षाको मापदण्ड तोक्ने र सो बमोजिम गर्ने गराउने,
  • विद्युत सम्बन्धी दुर्घटना र त्यस सम्बन्धी जाँचबुझका सम्पूर्ण कार्यहरु गर्ने गराउने,
  • सञ्चालनमा आइसकेका आयोजनाहरुको समय समयमा निरीक्षण गर्ने,
  • रोयल्टी संकलन तथा बाँडफाँड गर्ने,
  • विद्युत संरचनाहरुमा हुने दुर्घटना सम्बन्धी जाँचबुझका कार्य तथा प्रचलित कानून बमोजिम निजीक्षेत्रलाई प्रदान गरीने सुविधा / सहुलियत सम्बन्धी कार्यहरु गर्ने ।

३. विद्युत महशुल निर्धारण समन्वय शाखा

  • विद्युत महशुल निर्धारण आयोगको सचिवालय सम्बन्धी कार्य गर्ने ।
  • विद्युत महशुलको दर प्रस्ताव सम्बन्धमा आवश्यक अध्ययन एवम् जाँचबुझ गर्न आवश्यक सहयोग गर्ने ।
  • विद्युत महशुल पुनरावलोकन गर्न प्राप्त दरखास्त अध्ययन गरी सिफारीस सहित आयोगमा पेश गर्ने,
  •  विद्युत महशुल निर्धारण सम्बन्धी नीति, कार्यविधि तथा मापदण्डहरु तय गर्ने,
  •  विद्युत महशुल निर्धारण गर्न सरोकारवालाहरुसँग छलफल गर्ने,
  •  विद्युत महशुल निर्धारण गर्ने कार्यको लागी गोष्ठी, अन्तरक्रिया जस्ता कार्य संचालन गर्ने

योजना महाशाखा

यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षण, नियन्त्रण र निर्देशनमा रहि प्रचलित नियम कानून बमोजिम महाशाखा प्रमखको हैसियतले महाशाखाको निम्न  कार्यहरुको सचालनमा पूर्णरुपले जिम्मेवारी वहन गरी नियमित कार्यहरु संचालन गर्ने गराउने र सो सम्बन्धि कार्य सम्पादन गर्न महानिर्देशकलाई सहयोग गर्ने जिम्मेवारी बहन गर्नु पर्ने छ। महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।

  • प्रबर्धकहरुबाट प्राप्त भएका ToR, Scoping, IEEतथा EIA प्रतिवेदनहरुको पुनरावलोकन गरी स्वीकृतिको लागि आवश्यक सुझाब सहित सिफारिस गर्ने,
  • सरकारवाट संचालन गरीने जलविद्युत आयोजना र प्रशारण लाइनहरुको IEE & EIA अध्ययन कार्यहरु गर्ने,
  • वैकल्पिक ऊर्जा सम्बन्धी प्रस्तावहरु अध्ययन गरी स्वीकृतिको लागि पेश गर्ने,
  • जलवायु परिवर्तनबाट जलविद्युत आयोजनाहरुमा पर्ने असरहरुको अध्ययन गर्ने,
  • विद्युत विकासमा हालसम्मका प्रविधिहरूका अनुसन्धानका विषयमा अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा त्यस्को सान्दर्भिकता सन्दर्भमा सिफारिश पेश गर्ने
  • विद्युत उत्पादन, प्रशारण तथा वितरणको दीर्घकालीन तथा अल्पकालीन योजनाहरु तयार गर्ने / गराउने । यसै क्रममा सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदनको आधारमा सम्भाव्य देखिएका आयोजनाहरुको कार्यान्वयन पथ निर्धारण गर्ने / गराउने,
  • विभागको बार्षिक कार्यक्रम र बजेट तयार गर्ने,
  • विभागको मासिक र चौमासिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायहरुमा पठाउने,
  • विभागबाट सम्पादन हुने कार्यहरुको कार्य प्रगतिको अनुगमन गर्ने,
  • जल तथा उर्जा आयोगको सचिवालयको समेत सहयोग लिई योजना प्रवर्धन सम्बन्धी विश्लेषण गर्ने,
  • निजीक्षेत्रसँग नेपाल सरकारले गर्नुपर्ने विभिन्न सम्झौता आदिको अध्ययन गरी त्यसको प्रारुप तयार गर्ने,
  • निजीक्षेत्रको सहभागितामा सञ्चालन हुने साना जलविद्युत आयोजना कार्यान्वयनमा आवश्यकता अनुसार प्राविधिक सहायता उपलब्ध गराउने,
  • निजी उद्यमीहरु र नेपाल विद्युत प्राधिकरणवीच समन्वय गर्ने ।
  • प्रत्यायोजित अधिकार वमोजिम कार्य गर्ने गराउने ।
  • प्रत्यायोजित अधिकार वमोजिम मातहतका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गर्ने, प्रोत्साही पुरस्कार सरुवा, वढुवा सम्बन्धी आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षक समक्ष पेश गर्ने ।
  • प्रत्यायोजित अधिकार वमोजिम वोलपत्र आव्हान गर्ने र शर्त अनुरुपको कार्य भए नभएको अनुगमन गर्ने र शर्त वमोजिम नभएको खण्डमा राय सहित कारवाहीका लागि पेश गर्ने ।

यस अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा  ४ तथा रा.प. तृतीय श्रेणीमा १४ रहेको छ ।शाखागत कार्य विवरण निम्नानुसार छ ।

१. वातावरण शाखा

  • प्रबर्धकहरुबाट प्राप्त भएका ToR, Scoping, IEEतथा EIA प्रतिवेदनहरुको पुनरावलोकन गरी स्वीकृतिको लागि आवश्यक सुझाब सहित सिफारिस गर्ने,
  • सरकारवाट संचालन गरीने जलविद्युत आयोजना र प्रशारण लाइनहरुको IEE & EIA अध्ययन कार्यहरु गर्ने,
  • ToR, Scoping, IEE तथा EIA अध्ययन सम्बन्धमा प्रवर्धकहरुलाई आवश्यक पर्ने मार्गदर्शनहरु तयार गर्ने,
  • शाखाबाट सम्पादन भएका कामको विद्युतीय अभिलेख राखी समयानुकुल अध्यावधिक गर्दै जाने
  • वैकल्पिक ऊर्जा सम्बन्धी प्रस्तावहरु अध्ययन गरी स्वीकृतिको लागि पेश गर्ने,
  • वैकल्पिक उर्जा सम्बन्धी कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने,
  • वातावरणीय प्रभाव मूल्यांकन गर्दा पहिचान गरिएका प्रभावहरु न्यूनीकरण गर्न प्रबद्र्धकहरुले कार्य गरे नगरेको अनुगमन गर्ने,
  • निर्माण तथा सञ्चालनको चरणमा हुने प्रभावहरुको मूल्यांकन गरी प्रतिवेदन पेश गर्ने,
  • अनुगमन/मूल्यांकनका सूचकांक तथा चेकलिष्टहरु तयार गर्ने एवं अद्यावधिक गर्दै जाने,
  • जलवायु परिवर्तनबाट जलविद्युत आयोजनाहरुमा पर्ने असरहरुको अध्ययन गर्ने,
  • जलविद्युत आयोजनाहरुको लागि Climate Change Resilience योजना बनाउने,
  • Carbon Trading बाट प्राप्त हुने फाइदाको विश्लेषण गर्ने तथा Carbon Credit को लागि प्रस्तावहरु तयार गर्ने
  • अनुमतिपत्र प्राप्त प्रबर्धकहरुबाट पेश हुने वातावरणीय अध्ययन प्रतिवेदनहरुको समीक्षा गरी स्वीकृतिको लागि पेश गर्ने,
  • जलविद्युत उत्पादन, प्रशारण तथा वितरण लाइन आयोजनाहरुको वातावरणीय अध्ययन कार्य गर्ने,
  • स्वीकृत वातावरणीय प्रतिवेदन अनुसार कार्य भए नभएको सम्बन्धमा निरीक्षण तथा अनुगमन गर्ने,

२. सूचना, प्रविधि तथा अनुसन्धान शाखा

  • ऊर्जा क्षेत्रमा भए गरेका अनुसन्धानमूलक दस्तावेजहरूको संकलन गर्ने ।
  • विद्युत विकासमा हालसम्मका प्रविधिहरूका अनुसन्धानका विषयमा अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा त्यस्को सान्दर्भिकता सन्दर्भमा सिफारिश पेश गर्ने
  • विभागबाट आवश्यक विषयहरूमा तालिमको व्यवस्थाको लागि पहल गर्ने ।
  • तालिम सञ्चालन गर्ने ।
  • विभागलाई प्राप्त तालिमको लागि उपयुक्त व्यक्तिको छनौटको लागि सिफारिश गर्ने ।
  • तालिम सम्बन्धी विवरण अद्यावधिक गरिराख्ने ।
  • विभागको गतिविधिहरूका बारेमा सूचना संकलन गर्ने ।
  • माग भए बमोजिमको सूचना उपलब्ध गराउने ।
  • विभागमा उपलब्ध दस्तावेजहरूको डकुमेन्टेशन गरी राख्ने ।
  • उपलब्ध गराउनुपर्ने डकुमेन्टहरूको प्रिन्ट तथा फोटोकपीको व्यवस्था गर्ने गराउने ।
  • डाटाबेस सञ्चालन गर्ने, अपडेट गर्ने र सोका लागि अभिमुखीकरण कक्षाहरू सञ्चालन गर्ने ।
  • विभागको विद्युतीय अभिलेखको समुचित व्यवस्थापन गरी सो सम्बन्धी सेवा विभागका सवै शाखा महाशाखा तथा मन्त्रालयलाई समेत सहयोग पुरयाउने,

३. योजना तथा कार्यक्रम शाखाः

  • विद्युत उत्पादन, प्रशारण तथा वितरणको दीर्घकालीन तथा अल्पकालीन योजनाहरु तयार गर्ने / गराउने । यसै क्रममा सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदनको आधारमा सम्भाव्य देखिएका आयोजनाहरुको कार्यान्वयन पथ निर्धारण गर्ने / गराउने,
  • विभागको बार्षिक कार्यक्रम र बजेट तयार गर्ने,
  • विभागको मासिक र चौमासिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायहरुमा पठाउने,
  • विभागबाट सम्पादन हुने कार्यहरुको कार्य प्रगतिको अनुगमन गर्ने,

विद्युत प्रवर्धन शाखाः

  • जल तथा उर्जा आयोगको सचिवालयको समेत सहयोग लिई योजना प्रवर्धन सम्बन्धी विश्लेषण गर्ने,
  • निजीक्षेत्रबाट सञ्चालन हुने सम्भाव्य योजनाहरुको सूची तयार गर्ने,
  • निजीक्षेत्रबाट जलविद्युत आयोजना विकास गर्नका लागि प्रवर्धन गर्ने तथा यसको लागि आवश्यक प्रचार प्रसार समेत गर्ने,
  • निजीक्षेत्रसँग नेपाल सरकारले गर्नुपर्ने विभिन्न सम्झौता आदिको अध्ययन गरी त्यसको प्रारुप तयार गर्ने,
  • निजीक्षेत्रको सहभागितामा सञ्चालन हुने साना जलविद्युत आयोजना कार्यान्वयनमा आवश्यकता अनुसार प्राविधिक सहायता उपलब्ध गराउने,
  • निजी उद्यमीहरु र नेपाल विद्युत प्राधिकरणवीच समन्वय गर्ने ।

प्रशासन शाखाः

  • विभागको आवश्यक जनशक्तिको संख्या निर्धारण गरी नपुग भएमा दरबन्दी सिर्जनाको लागि आवश्यक कार्यवाही चलाई नेपाल सरकारको कारवाहीको लागि पेश गर्ने ।
  • नेपाल सरकारको निर्णय बमोजिम स्वीकृत दरबन्दीहरु निजामती कितावखानामा दर्ता गराउने व्यवस्था गर्ने ।
  • रिक्त रहेको पदपृर्तिका लागि सम्बन्धित निकायमा माग गर्ने वा पदपूर्तिको लागि विज्ञापन प्रकाशित गरि नियमानुसार छनौट भई आएको कर्मचारीलाई नियुक्ति¸ वढुवा तथा पदस्थापना गर्ने कारवाही चलाई स्वीकृत भए बमोजिम गर्ने ।
  • कर्मचारीको सरुवा¸ बढुवा¸ भए कार्यालयको कामको जानकारी गराउने र प्रत्येक कर्मचारीलाई स्वीकृत पद विवरण दिइ निस्सा लिने¸ लिन लगाउने ।
  • कर्मचारी नयाँ भर्ना वा बढुवा भएपछि कार्यालयको कामको जानकारी गराउने र प्रत्येक कर्मचारीलाई स्वीकृत पद विवरण लिइ निस्सा लिने¸ लिन लगाउने ।
  • आवश्यकता अनुसार पदहरुको पद संकेत कायम गर्ने कार्यवाही चलाउने र सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि सम्बन्धित निकायसँग सम्पर्क राखी समूह निर्धारण सूचिहरु राजपत्रमा प्रकाशित गर्ने व्यवस्था मिलाउने ।
  • जग्गा प्राप्ति सम्बन्धी कारवाही चलाउने ।
  • विभागका राजपत्रांकित तथा राजपत्र अनंकित सम्पूर्ण कर्मचारीको व्यक्तिगत विवरण तथा दरबन्दी अभिलेख अद्यावधिक राख्ने ।
  • कर्मचारी सरुवा भै अन्यत्र गएमा व्यक्तिगत फायल सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था गर्ने ।
  • महाशाखा तथा शाखाहरुमा आवश्यकताअनुसार प्रशासन सहायक¸ कम्प्युटर अपरेटर¸ टाइपिष्ट¸ कार्यालय सहयोगी¸ पाले र ड्राइभर आदिको व्यवस्था मिलाउने ।
  • कार्यालयको लागि आवश्यक मसलन्दको समुचित र किफायतपूर्ण व्यवस्था मिलाउने ।
  • कार्यालय भवन निरीक्षण¸ पालो पहरा¸ सरसफाइ सम्बन्धमा उपयुक्त व्यवस्था गराउने ।
  • कार्यालयको फर्निचर¸ धारा¸ विजुली पानीको आवश्यक मर्मत संभार गराइ संचालन स्थितिमा राख्ने व्यवस्था गर्ने गराउने ।
  • जनसम्पर्क¸ सोधपुछ¸ दर्ता चलानी आदिको समुचित व्यवस्थाको लागि निर्देशन दिने ।
  • दैनिक कार्य संचालन गर्न आवश्यक सामग्रीहरुको मागहरु स्वीकृत गर्ने¸ मालसामान स्टकमा राख्ने व्यवस्था मिलाउने तथा जिन्सी सामग्रीहरुको अद्यावधिक लगत तयार राख्न लगाउने ।
  • कार्यलयका कर्मचारीहरुको हाजिर¸ विदा¸ गयल आदिको अभिलेख अध्यावधिक राख्न लगाउने ।
  • अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी गराइ सुपरिवेक्षकमा पेश गर्ने ।
  • आवश्यकता अनुसार सम्बन्धित विषयमा हुने सभा गोष्ठी तथा सेमिनारमा भाग लिने ।
  • अधिनस्थ कर्मचारीको काममा मार्ग दर्शक बनी कर्मचारीहरुलाई सुपरिवेक्षण आवश्यता अनुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।
  • प्रत्योजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तयार गर्ने र प्रोत्साही पुरस्कार¸ ग्रेड थप¸ सरुवा¸ बढुवा¸ तथा अन्य आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षकमा पेश गर्ने ।
  • अधिनस्थ कर्मचारीको विदा सिफारिस गर्ने वा प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कमर्चारीको विदा स्वीकृत गर्ने

आर्थिक प्रशासन शाखाः

  • विद्युत विकास विभागको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्षको अनुमानित बजेट तयार गर्ने कार्यमा सहयोग गरी स्वीकृतिको लागि पेश गर्ने ।
  • महानिर्देशकलाई आर्थिक ऐन नियमको आधारमा आवश्यकतानुसारको राय सल्लाह दिने ।
  • स्वीकृत विनियोजन बजेट अन्तर्गत जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम निकासा प्राप्त गर्नु पर्ने सबै कारवाही गर्ने ।
  • विभागको लागि आवश्यकतानुसार थप निकासा कार्यवाहीको आवश्यखक व्यवस्था मिलाउने साथै आवश्यकतानुसार कार्यक्रम संशोधन भइ सकेपछि रकामान्तर कारवाही गर्ने ।
  • ऐन अनुसार तोकिएको स्रेस्ताहरु अद्यावधिक राख्ने¸ राख्न लागउने र नियमानुसार खाता संचालन गर्ने¸ गराउने ।
  • कर्मचारीलाई स्वीकृत भए अनुसारको रकम पेश्की दिने र कार्य सम्पादन भएको अवधिले नियमानुसार पाउने म्याद भित्र पेश्की फछ्यौट गर्ने¸ गराउने ।
  • निमार्ण कार्य वा ठेक्का पट्टाबाट निर्माण र सामान खरिद कार्य भएकोमा प्रचलित आर्थिक ऐन निमयको अधिन रहेर भुक्ताकनी दिने¸ दिलाउने व्यवस्था  गर्ने र पेश गर्ने ।
  • नियम बमोजिम विभिन्न बजेट अन्तर्गत भएका खर्चहरुको भुक्तानी दिने ।
  • तलब कट्टा भएको कर्मचारी संचय कोष¸ नागरिक लगानी कोष र सापटी कट्टी ¸ परिश्रमिक कर कट्टी रकम दाखिला गर्ने¸ गराउने ।
  • दातृ पक्षको लागि आवश्कता अनुसार लेखा तयार गरी सोही बमोजिम प्रतिवेदन दिने ।
  • कर्मचारीलाई नियमानुसार  तलव भत्ता¸ उपदान¸ लुगा भत्ता¸ औषधि उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाउने ।
  • आर्थिक प्रशासन सम्बन्धी ऐन नियम आदेश तथा परिपत्रहरु सबै कर्मचारीलाई  जानकारी गराउने र लेखातर्फ रेखदेख नियन्त्रण र सुपरिवेक्षण गर्ने¸ गराउने ।
  • विद्युत विकास विभागको कार्य संचालन तर्फको स्रेस्ता आन्तरिक तथा अन्तिम लेखा परिक्षण गराउने ।
  • आन्तिरिक तथा अन्तिम लेखा परिक्षणबाट देखाएको  वेरुजुको लगत खडा गर्ने र तदारुकताका साथ फछ्यौट गर्ने¸ गराउने ।
  • शाखाको भौतिक साधानहरुको स्याहार संभार मर्मत संरक्षण गर्ने व्यवस्था मिलाउने ।
  • अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी महानिर्देशक समक्ष पेश गर्ने ।
  • अधिनस्थ कर्मचारीहरुको काममा मार्गदर्शक बनी कर्मचारीलाई सुपरिवेक्षण र आवश्यकता अनुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।
  • अधिनस्थ कर्मचारीको विदा सिफारिस गर्ने वा प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीको विदा स्वीकृत गर्ने

कानून शाखा

  • विभाग र अन्तर्गत निकायहरूबाट गरिने अन्तराष्ट्रिय सम्झौता करार वा अन्य लिखतहरूको मस्यौदा सम्बन्धी काम गर्ने ।
  • विभागलाई आवश्यक पर्ने ऐन, नियमहरूसम्बन्धी कानूनहरूको अनुवाद गर्ने ।
  • विभाग र अन्तर्गत निकायहरू पक्ष विपक्ष हुने वा भएको मुद्दामा सम्बन्धित अड्डा अदालतमा दिइने उजुरी, प्रतिवेदन लिखित जवाफ वा पुनरावेदनको लिखत तयार गर्ने ।
  • विभागका महाशाखाहरू, शाखाहरू तथा आयोजनाहरूबाट माग गरेका विषयमा कानुनी राय, सल्लाह उपलब्ध गराउने
  • ऊर्जासँग सम्बन्धित कानूनहरूको विषयमा, अध्ययन, अनुसन्धान एवम् खोजीनीति गरी समसामयिक सुधारका लागि आवश्यक कारबाही गर्ने ।