यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षण, नियन्त्रण र निर्देशनमा रहि प्रचलित नियम कानून बमोजिम महाशाखा प्रमखको हैसियतले महाशाखाको निम्न कार्यहरुको सचालनमा पूर्णरुपले जिम्मेवारी वहन गरी नियमित कार्यहरु संचालन गर्ने गराउने र सो सम्बन्धि कार्य सम्पादन गर्न महानिर्देशकलाई सहयोग गर्ने जिम्मेवारी बहन गर्नु पर्ने छ। महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।
- विद्युत विकासमा संलग्न हुने निजी क्षेत्रका उद्यमीहरुबाट प्राप्त प्रस्तावहरुको स्थलगत लगायत प्राविधिक, आर्थिक वातावरणीय अध्ययन तथा मूल्याकन गर्ने गराउने ।
- निजीक्षेत्रबाट निर्माण गरिने आयोजनाहरुको लागिदिइने सुविधाका सम्बन्धमा निजहरुको प्रस्ताव अध्ययन गर्ने गराउने।
- निजीक्षेत्रबाट निर्माण गरिने आयोजनाहरुको लागि आवश्यक समन्वय प्रदान गर्ने ।
- अनुमतिपत्र सम्बन्धी कार्य गर्ने गराउने ।
- निजी क्षेत्रबाट संचालन हुने संभावित योजनाहरुको सुची तयार गर्ने गराउने ।
- निजी क्षेत्रबाट जलविद्युत आयोजनाको विकास र यसको प्रवर्द्धन गर्ने तथा यसको लागि आवश्यक प्रचार प्रसार गर्ने गराउने ।
- निजी क्षेत्र सँग नेपाल सरकालले गर्नु पर्ने विभिन्न सम्झौता आदिमा अध्ययन गरी त्यसको प्रारुप तयार गर्ने गराउने ।
- निजी क्षेत्रबाट संचालित अध्ययन आयोजनाको अनुगमन गर्ने ।
- उल्लेखित कार्यहरुको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिको लागि सुपरिवेक्षक समक्ष पेश गर्ने ।
- उल्लेखित कार्यहरुको कार्य प्रगति प्रतिवेदन तयार गरी सुपरीवेक्षकमा पेश गर्ने ।
- आवश्यकताअनुसार सम्बन्धित विषयमा हुने सभा, गोष्ठी तथा सेमिनारमा भाग लिने ।
- अधिनस्थ कर्मचारीहरुको काममा मार्ग दर्शक बनी कर्मचारीहरुलाई सुपरिवेक्षण आवश्कतानुसार निर्देशन र नियन्त्रण गर्ने।
- प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने गराउने ।
- प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तयार गर्ने र प्रोत्साही पुरस्कारका लागि सिफारिस सहित सुपरिवेक्षक समक्ष पेश गर्ने ।
-
यस महाशाखा अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा ४ तथा रा.प. तृतीय श्रेणीमा १२ रहेको छ । शाखागत कार्य विवरण निम्नानुसार छ ।
१. अनुमतिपत्र शाखा (पूर्वक्षेत्र, मध्यक्षेत्र, पश्चिमक्षेत्र र मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्र)
- विद्युत विकासमा संलग्न हुने प्रवर्धकबाट प्राप्त प्रस्तावहरुको प्राविधिक, आर्थिक तथा वातावरणीय पक्षहरुको मूल्यांकन गरी अनुमतिपत#2381;रको लागि सिफारिस गर्ने,
- अनुमतिपत्र नविकरण लगायतका कार्यहरुमा मन्त्रालयलाई सघाउने,
- निजीक्षेत्रबाट निर्माण हुने आयोजनाहरुको लागि आवश्यक समन्वय गर्ने,
- अनुमतिपत्र वापत विभिन्न दस्तुर उठाउने,
- विदेशी विनिमय तथा कानून बमोजिम प्रवर्धकहरुले पाउने सुविधा उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने,