NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व द्वादशी - १२

नागरिक बडापत्र

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विद्युत विकास विभाग, सानोगौचरण

नागरिक वडापत्र

क्र.स.

मुख्य कार्य

कृयाकलापहरु

कार्यान्वयन गर्ने महाशाखा र शाखा

लाग्ने दस्तुर

लाग्ने समय

सम्पर्क व्यक्ति

निर्णय गर्ने अधिकारी

उजुरी सुन्ने अधिकारी

विद्युत आयोजनाको जानकारी स्वीकृती सम्बन्धी कार्य

निजी क्षेत्रका प्रबर्द्धकहरुले १ मे.वा. सम्मका विद्युत आयोजनाहरुको अध्ययन तथा विकासको लागि दिएका जानकारी दस्तखतहरु उपर देहायका कारवाही गर्ने

(क) जानकारी स्वीकृत गर्ने,

(ख) स्वीकृत जानकारी खारेज गर्ने,

(ग) म्याद थप गर्ने,

(घ) क्षमता संशोधन गर्ने,

(ङ) सर्वेक्षण क्षेत्र संशोधन गर्ने आदि ।

अनुमति महाशाखा

दस्तुर नलाग्ने

(क) सर्वेक्षण जानकारीको हकमा सम्पूर्ण विवरण पुगेको मितिले ३० दिन भित्र

(ख) उत्पादन र निर्माण जानकारीको हकमा सम्पूर्ण विवरण पुगेको मितिले १२० दिन भित्र।

सम्बन्धित सि.डि.ई. वा ईन्जिनियर

महानिर्देशक

महानिर्देशक

विद्युत अनुमतिपत्र सम्बन्धी कार्य

निजी क्षेत्रका प्रवर्द्धकहरुले १ मे.वा.

भन्दा ठूलो विद्युत आयोजनाहरूको अध्ययन तथा विकासको लागि दिएका दरखास्तहरू एवं प्रस्तावहरुको मुल्यांकन गरी विद्युत उत्पादन, प्रसारण र वितरणको सर्वेक्षण तथा निर्माण (संचालन समेत) को लागि देहायका कारवाही हुन जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सिफारीस गरी पठाउने

(क) अनुमतिपत्र जारी गर्ने,

(ख) अनुमतिपत्र खारेज गर्ने,

(ग) अनुमतिपत्रको म्याद थप गर्ने,

(घ) आयोजनाको क्षमता संशोधन गर्ने,

(ङ) सर्वेक्षण क्षेत्र संशोधन गर्ने आदि ।

अनुमति महाशाखा

तोकिए बमोजिमको दस्तुर (अनुसूची अनुसार)

विद्युत ऐन, २०४९ र विद्युत नियमावली २०५० अनुसार

(क) सर्वेक्षण अनुमतिको हकमा सम्पूर्ण विवरण पुगेको मितिले ३० दिन भित्र र (ख) उत्पादन अनुमतिको हकमा सम्पूर्ण विवरण पुगेको मितिले १२० दिन भित्र

सम्बन्धित सि.डि.ई. वा ईन्जिनियर

महानिर्देशक

महानिर्देशक

निजी क्षेत्रका प्रवर्द्धकहरूका बातवरणीय अध्ययन सम्बन्धी कार्य

प्रारम्भिक वातावरणीय प्रतिवेदन (IEE) को कार्य क्षेत्र (TOR) उपर राय सुझाव सहित उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय पठाउने । प्रारम्भिक वातावरणीय प्रतिवेदन (IEE) उपर राय सुझाव सहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पठाउने । वातावरणीय मूल्यांकन प्रतिवेदन (EIA) को कार्यक्षेत्र (TOR) र कार्यसूचि (Scoping Documents) उपरको राय सुझाव सहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पठाउने । वातावरणीय मूल्यांकन प्रतिवेदन (EIA) उपर राय सहित सुझाव सहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पठाउने ।

योजना महाशाखा

दस्तुर नलाग्ने

वातावरण ऐन २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ को प्राबधान अनुसार हुने गरि ७ देखि १० दिन भित्र

सम्बन्धित सि.डि.ई. वा ईन्जिनियर

महानिर्देशक

महानिर्देशक

निर्माणमा रहेका आयोजनाहरूलाई सहयोग तथा सिफारिस सम्बन्धी कार्य

निजी क्षेत्रका प्रवर्द्धकहरूलाई विद्युत आयोजनाहरूको निर्माण तथा संचालन गर्ने देहायका सुविधाहरुका लागि सिफारिस गर्ने,

(क) भन्सार सुविधा,

(ख) सटही सुविधा,

(ग) विष्फोटक पदार्थको प्रयोग,

(ग) सञ्चार सुविधा आदि ।

निरीक्षण महाशाखा

दस्तुर नलाग्ने

सम्पूर्ण विवरणहरू पुगेको मितिले ७ दिन भित्र

सम्बन्धित सि.डि.ई. वा ईन्जिनियर

महानिर्देशक

महानिर्देशक

अध्ययनमा रहेका आयोजनाहरुलाई सहयोग तथा सिफारिस

निजी क्षेत्रका प्रवर्द्धकहरूलाई विद्युत आयोजनाहरूको अध्ययन गर्दा आवश्यक सटही सुविधा सम्वन्धमा सिफारिस गर्ने ।

योजना महाशाखा

दस्तुर नलाग्ने

सम्पूर्ण विवरणहरू पुगेको मितिले ७ दिन भित्र

सम्बन्धित सि.डि.ई. वा ईन्जिनियर

महानिर्देशक

महानिर्देशक

निर्माणमा रहेका आयोजनाहरुलाई सरकारी जग्गा प्राप्ति तथा भिसा सिफारिस सम्वन्धी कार्य

निजी क्षेत्रका प्रवर्द्धकहरुलाई विद्युत आयोजनाहरुको निर्माण तथा संचालन गर्दा

() आवश्यक सरकारी जग्गा प्राप्तिको लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गर्ने एवं

() विदेशी कामदारहरुको लागि श्रम स्वीकृती तथा भिसा सिफारिस गर्ने ।

प्रशासन शाखा

दस्तुर नलाग्ने

सम्पूर्ण विवरणहरू पुगेको मितिले ७ दिन भित्र

उपसचिव वा शाखा अधिकृत

महानिर्देशक

महानिर्देशक