यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षण, नियन्त्रण र निर्देशनमा रहि प्रचलित नियम कानून बमोजिम महाशाखा प्रमखको हैसियतले महाशाखाको निम्न कार्यहरुको सचालनमा पूर्णरुपले जिम्मेवारी वहन गरी नियमित कार्यहरु संचालन गर्ने गराउने र सो सम्बन्धि कार्य सम्पादन गर्न महानिर्देशकलाई सहयोग गर्ने जिम्मेवारी बहन गर्नु पर्ने छ। महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।
- प्रबर्धकहरुबाट प्राप्त भएका ToR, Scoping, IEEतथा EIA प्रतिवेदनहरुको पुनरावलोकन गरी स्वीकृतिको लागि आवश्यक सुझाब सहित सिफारिस गर्ने,
- सरकारवाट संचालन गरीने जलविद्युत आयोजना र प्रशारण लाइनहरुको IEE & EIA अध्ययन कार्यहरु गर्ने,
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रस्तावहरु अध्ययन गरी स्वीकृतिको लागि पेश गर्ने,
- जलवायु परिवर्तनबाट जलविद्युत आयोजनाहरुमा पर्ने असरहरुको अध्ययन गर्ने,
- विद्युत विकासमा हालसम्मका प्रविधिहरूका अनुसन्धानका विषयमा अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा त्यस्को सान्दर्भिकता सन्दर्भमा सिफारिश पेश गर्ने
- विद्युत उत्पादन, प्रशारण तथा वितरणको दीर्घकालीन तथा अल्पकालीन योजनाहरु तयार गर्ने / गराउने । यसै क्रममा सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदनको आधारमा सम्भाव्य देखिएका आयोजनाहरुको कार्यान्वयन पथ निर्धारण गर्ने / गराउने,
- विभागको बार्षिक कार्यक्रम र बजेट तयार गर्ने,
- विभागको मासिक र चौमासिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायहरुमा पठाउने,
- विभागबाट सम्पादन हुने कार्यहरुको कार्य प्रगतिको अनुगमन गर्ने,
- जल तथा उर्जा आयोगको सचिवालयको समेत सहयोग लिई योजना प्रवर्धन सम्बन्धी विश्लेषण गर्ने,
- निजीक्षेत्रसँग नेपाल सरकारले गर्नुपर्ने विभिन्न सम्झौता आदिको अध्ययन गरी त्यसको प्रारुप तयार गर्ने,
- निजीक्षेत्रको सहभागितामा सञ्चालन हुने साना जलविद्युत आयोजना कार्यान्वयनमा आवश्यकता अनुसार प्राविधिक सहायता उपलब्ध गराउने,
- निजी उद्यमीहरु र नेपाल विद्युत प्राधिकरणवीच समन्वय गर्ने ।
- प्रत्यायोजित अधिकार वमोजिम कार्य गर्ने गराउने ।
- प्रत्यायोजित अधिकार वमोजिम मातहतका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गर्ने, प्रोत्साही पुरस्कार सरुवा, वढुवा सम्बन्धी आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षक समक्ष पेश गर्ने ।
- प्रत्यायोजित अधिकार वमोजिम वोलपत्र आव्हान गर्ने र शर्त अनुरुपको कार्य भए नभएको अनुगमन गर्ने र शर्त वमोजिम नभएको खण्डमा राय सहित कारवाहीका लागि पेश गर्ने ।
यस अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा ४ तथा रा.प. तृतीय श्रेणीमा १४ रहेको छ ।शाखागत कार्य विवरण निम्नानुसार छ ।
१. वातावरण शाखा
- प्रबर्धकहरुबाट प्राप्त भएका ToR, Scoping, IEEतथा EIA प्रतिवेदनहरुको पुनरावलोकन गरी स्वीकृतिको लागि आवश्यक सुझाब सहित सिफारिस गर्ने,
- सरकारवाट संचालन गरीने जलविद्युत आयोजना र प्रशारण लाइनहरुको IEE & EIA अध्ययन कार्यहरु गर्ने,
- ToR, Scoping, IEE तथा EIA अध्ययन सम्बन्धमा प्रवर्धकहरुलाई आवश्यक पर्ने मार्गदर्शनहरु तयार गर्ने,
- शाखाबाट सम्पादन भएका कामको विद्युतीय अभिलेख राखी समयानुकुल अध्यावधिक गर्दै जाने
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रस्तावहरु अध्ययन गरी स्वीकृतिको लागि पेश गर्ने,
- वैकल्पिक उर्जा सम्बन्धी कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने,
- वातावरणीय प्रभाव मूल्यांकन गर्दा पहिचान गरिएका प्रभावहरु न्यूनीकरण गर्न प्रबद्र्धकहरुले कार्य गरे नगरेको अनुगमन गर्ने,
- निर्माण तथा सञ्चालनको चरणमा हुने प्रभावहरुको मूल्यांकन गरी प्रतिवेदन पेश गर्ने,
- अनुगमन/मूल्यांकनका सूचकांक तथा चेकलिष्टहरु तयार गर्ने एवं अद्यावधिक गर्दै जाने,
- जलवायु परिवर्तनबाट जलविद्युत आयोजनाहरुमा पर्ने असरहरुको अध्ययन गर्ने,
- जलविद्युत आयोजनाहरुको लागि Climate Change Resilience योजना बनाउने,
- Carbon Trading बाट प्राप्त हुने फाइदाको विश्लेषण गर्ने तथा Carbon Credit को लागि प्रस्तावहरु तयार गर्ने
- अनुमतिपत्र प्राप्त प्रबर्धकहरुबाट पेश हुने वातावरणीय अध्ययन प्रतिवेदनहरुको समीक्षा गरी स्वीकृतिको लागि पेश गर्ने,
- जलविद्युत उत्पादन, प्रशारण तथा वितरण लाइन आयोजनाहरुको वातावरणीय अध्ययन कार्य गर्ने,
- स्वीकृत वातावरणीय प्रतिवेदन अनुसार कार्य भए नभएको सम्बन्धमा निरीक्षण तथा अनुगमन गर्ने,
२. सूचना, प्रविधि तथा अनुसन्धान शाखा
- ऊर्जा क्षेत्रमा भए गरेका अनुसन्धानमूलक दस्तावेजहरूको संकलन गर्ने ।
- विद्युत विकासमा हालसम्मका प्रविधिहरूका अनुसन्धानका विषयमा अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा त्यस्को सान्दर्भिकता सन्दर्भमा सिफारिश पेश गर्ने
- विभागबाट आवश्यक विषयहरूमा तालिमको व्यवस्थाको लागि पहल गर्ने ।
- तालिम सञ्चालन गर्ने ।
- विभागलाई प्राप्त तालिमको लागि उपयुक्त व्यक्तिको छनौटको लागि सिफारिश गर्ने ।
- तालिम सम्बन्धी विवरण अद्यावधिक गरिराख्ने ।
- विभागको गतिविधिहरूका बारेमा सूचना संकलन गर्ने ।
- माग भए बमोजिमको सूचना उपलब्ध गराउने ।
- विभागमा उपलब्ध दस्तावेजहरूको डकुमेन्टेशन गरी राख्ने ।
- उपलब्ध गराउनुपर्ने डकुमेन्टहरूको प्रिन्ट तथा फोटोकपीको व्यवस्था गर्ने गराउने ।
- डाटाबेस सञ्चालन गर्ने, अपडेट गर्ने र सोका लागि अभिमुखीकरण कक्षाहरू सञ्चालन गर्ने ।
- विभागको विद्युतीय अभिलेखको समुचित व्यवस्थापन गरी सो सम्बन्धी सेवा विभागका सवै शाखा महाशाखा तथा मन्त्रालयलाई समेत सहयोग पुरयाउने,
३. योजना तथा कार्यक्रम शाखाः
- विद्युत उत्पादन, प्रशारण तथा वितरणको दीर्घकालीन तथा अल्पकालीन योजनाहरु तयार गर्ने / गराउने । यसै क्रममा सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदनको आधारमा सम्भाव्य देखिएका आयोजनाहरुको कार्यान्वयन पथ निर्धारण गर्ने / गराउने,
- विभागको बार्षिक कार्यक्रम र बजेट तयार गर्ने,
- विभागको मासिक र चौमासिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायहरुमा पठाउने,
- विभागबाट सम्पादन हुने कार्यहरुको कार्य प्रगतिको अनुगमन गर्ने,
४. विद्युत प्रवर्धन शाखाः
- जल तथा उर्जा आयोगको सचिवालयको समेत सहयोग लिई योजना प्रवर्धन सम्बन्धी विश्लेषण गर्ने,
- निजीक्षेत्रबाट सञ्चालन हुने सम्भाव्य योजनाहरुको सूची तयार गर्ने,
- निजीक्षेत्रबाट जलविद्युत आयोजना विकास गर्नका लागि प्रवर्धन गर्ने तथा यसको लागि आवश्यक प्रचार प्रसार समेत गर्ने,