विभागको आवश्यक जनशक्तिको संख्या निर्धारण गरी नपुग भएमा दरबन्दी सिर्जनाको लागि आवश्यक कार्यवाही चलाई नेपाल सरकारको कारवाहीको लागि पेश गर्ने ।
नेपाल सरकारको निर्णय बमोजिम स्वीकृत दरबन्दीहरु निजामती कितावखानामा दर्ता गराउने व्यवस्था गर्ने ।
रिक्त रहेको पदपृर्तिका लागि सम्बन्धित निकायमा माग गर्ने वा पदपूर्तिको लागि विज्ञापन प्रकाशित गरि नियमानुसार छनौट भई आएको कर्मचारीलाई नियुक्ति¸ वढुवा तथा पदस्थापना गर्ने कारवाही चलाई स्वीकृत भए बमोजिम गर्ने ।
कर्मचारीको सरुवा¸ बढुवा¸ भए कार्यालयको कामको जानकारी गराउने र प्रत्येक कर्मचारीलाई स्वीकृत पद विवरण दिइ निस्सा लिने¸ लिन लगाउने ।
कर्मचारी नयाँ भर्ना वा बढुवा भएपछि कार्यालयको कामको जानकारी गराउने र प्रत्येक कर्मचारीलाई स्वीकृत पद विवरण लिइ निस्सा लिने¸ लिन लगाउने ।
आवश्यकता अनुसार पदहरुको पद संकेत कायम गर्ने कार्यवाही चलाउने र सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि सम्बन्धित निकायसँग सम्पर्क राखी समूह निर्धारण सूचिहरु राजपत्रमा प्रकाशित गर्ने व्यवस्था मिलाउने ।
जग्गा प्राप्ति सम्बन्धी कारवाही चलाउने ।
विभागका राजपत्रांकित तथा राजपत्र अनंकित सम्पूर्ण कर्मचारीको व्यक्तिगत विवरण तथा दरबन्दी अभिलेख अद्यावधिक राख्ने ।
कर्मचारी सरुवा भै अन्यत्र गएमा व्यक्तिगत फायल सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था गर्ने ।
महाशाखा तथा शाखाहरुमा आवश्यकताअनुसार प्रशासन सहायक¸ कम्प्युटर अपरेटर¸ टाइपिष्ट¸ कार्यालय सहयोगी¸ पाले र ड्राइभर आदिको व्यवस्था मिलाउने ।
कार्यालयको लागि आवश्यक मसलन्दको समुचित र किफायतपूर्ण व्यवस्था मिलाउने ।
कार्यालय भवन निरीक्षण¸ पालो पहरा¸ सरसफाइ सम्बन्धमा उपयुक्त व्यवस्था गराउने ।
कार्यालयको फर्निचर¸ धारा¸ विजुली पानीको आवश्यक मर्मत संभार गराइ संचालन स्थितिमा राख्ने व्यवस्था गर्ने गराउने ।
जनसम्पर्क¸ सोधपुछ¸ दर्ता चलानी आदिको समुचित व्यवस्थाको लागि निर्देशन दिने ।
दैनिक कार्य संचालन गर्न आवश्यक सामग्रीहरुको मागहरु स्वीकृत गर्ने¸ मालसामान स्टकमा राख्ने व्यवस्था मिलाउने तथा जिन्सी सामग्रीहरुको अद्यावधिक लगत तयार राख्न लगाउने ।
कार्यलयका कर्मचारीहरुको हाजिर¸ विदा¸ गयल आदिको अभिलेख अध्यावधिक राख्न लगाउने ।
अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी गराइ सुपरिवेक्षकमा पेश गर्ने ।
आवश्यकता अनुसार सम्बन्धित विषयमा हुने सभा गोष्ठी तथा सेमिनारमा भाग लिने ।
अधिनस्थ कर्मचारीको काममा मार्ग दर्शक बनी कर्मचारीहरुलाई सुपरिवेक्षण आवश्यता अनुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।
प्रत्योजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तयार गर्ने र प्रोत्साही पुरस्कार¸ ग्रेड थप¸ सरुवा¸ बढुवा¸ तथा अन्य आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षकमा पेश गर्ने ।
अधिनस्थ कर्मचारीको विदा सिफारिस गर्ने वा प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कमर्चारीको विदा स्वीकृत गर्ने