विद्युत विकास विभागको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्षको अनुमानित बजेट तयार गर्ने कार्यमा सहयोग गरी स्वीकृतिको लागि पेश गर्ने ।
महानिर्देशकलाई आर्थिक ऐन नियमको आधारमा आवश्यकतानुसारको राय सल्लाह दिने ।
स्वीकृत विनियोजन बजेट अन्तर्गत जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम निकासा प्राप्त गर्नु पर्ने सबै कारवाही गर्ने ।
विभागको लागि आवश्यकतानुसार थप निकासा कार्यवाहीको आवश्यखक व्यवस्था मिलाउने साथै आवश्यकतानुसार कार्यक्रम संशोधन भइ सकेपछि रकामान्तर कारवाही गर्ने ।
ऐन अनुसार तोकिएको स्रेस्ताहरु अद्यावधिक राख्ने¸ राख्न लागउने र नियमानुसार खाता संचालन गर्ने¸ गराउने ।
कर्मचारीलाई स्वीकृत भए अनुसारको रकम पेश्की दिने र कार्य सम्पादन भएको अवधिले नियमानुसार पाउने म्याद भित्र पेश्की फछ्यौट गर्ने¸ गराउने ।
निमार्ण कार्य वा ठेक्का पट्टाबाट निर्माण र सामान खरिद कार्य भएकोमा प्रचलित आर्थिक ऐन निमयको अधिन रहेर भुक्ताकनी दिने¸ दिलाउने व्यवस्था गर्ने र पेश गर्ने ।
नियम बमोजिम विभिन्न बजेट अन्तर्गत भएका खर्चहरुको भुक्तानी दिने ।
तलब कट्टा भएको कर्मचारी संचय कोष¸ नागरिक लगानी कोष र सापटी कट्टी ¸ परिश्रमिक कर कट्टी रकम दाखिला गर्ने¸ गराउने ।
दातृ पक्षको लागि आवश्कता अनुसार लेखा तयार गरी सोही बमोजिम प्रतिवेदन दिने ।
कर्मचारीलाई नियमानुसार तलव भत्ता¸ उपदान¸ लुगा भत्ता¸ औषधि उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाउने ।
आर्थिक प्रशासन सम्बन्धी ऐन नियम आदेश तथा परिपत्रहरु सबै कर्मचारीलाई जानकारी गराउने र लेखातर्फ रेखदेख नियन्त्रण र सुपरिवेक्षण गर्ने¸ गराउने ।
विद्युत विकास विभागको कार्य संचालन तर्फको स्रेस्ता आन्तरिक तथा अन्तिम लेखा परिक्षण गराउने ।
आन्तिरिक तथा अन्तिम लेखा परिक्षणबाट देखाएको वेरुजुको लगत खडा गर्ने र तदारुकताका साथ फछ्यौट गर्ने¸ गराउने ।
शाखाको भौतिक साधानहरुको स्याहार संभार मर्मत संरक्षण गर्ने व्यवस्था मिलाउने ।
अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी महानिर्देशक समक्ष पेश गर्ने ।
अधिनस्थ कर्मचारीहरुको काममा मार्गदर्शक बनी कर्मचारीलाई सुपरिवेक्षण र आवश्यकता अनुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।
अधिनस्थ कर्मचारीको विदा सिफारिस गर्ने वा प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीको विदा स्वीकृत गर्ने