यस महाशाखाको प्रमुखमा इन्जिनियरिङ सेवाका रा.प. प्रथम श्रेणी (प्रा.) का उपमहानिर्देशक रहने व्यवस्था छ । निजले विभागका महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षण, नियन्त्रण र निर्देशनमा रहि प्रचलित नियम कानून बमोजिम महाशाखा प्रमखको हैसियतले महाशाखाको निम्न कार्यहरुको सचालनमा पूर्णरुपले जिम्मेवारी वहन गरी नियमित कार्यहरु संचालन गर्ने गराउने र सो सम्बन्धि कार्य सम्पादन गर्न महानिर्देशकलाई सहयोग गर्ने जिम्मेवारी बहन गर्नु पर्ने छ। महाशाखाको कार्यविवरण निम्नानुसार रहेको छ।
- निजी क्षेत्रबाट संचालित निर्माणाधिन एवं संचालनमा रहेका आयोजनाहरुको अनुगमन गर्ने ।
- अनुमति पत्र बमोजिम जलस्रोत उपयोग भए नभएको निरीक्षण गरी दिएको प्रतिवेदन अनुसार कारवाही गर्ने गराउने ।
- विद्युत संरचनाको त्रुटीबाट हुने र त्यस सम्बन्धी जाँच बुझ सम्बन्धी कार्य गर्ने गराउने ।
- विद्युत सेवाको स्तर र विद्युत उत्पादन एवं वितरणमा उपयोग हुने सामानहरुको स्तर, उपयोग तरीका बारे निर्देशिका तयार गर्ने गराउने र सो अनुसार निरीक्षण गर्ने गराउने ।
- विद्युत विकास गर्ने एवं सेवालाई स्तरीय एवं सुरक्षात्मक बनाउने कार्यहरु गर्ने गराउने ।
- उत्पादन र वितरण गरिने विद्युतको गुणस्तर निरीक्षण गर्ने, यसका लागि विद्युतको भोल्टेज तथा अन्य प्राविधिक कुराहरुको पालना भए नभएको निरीक्षण गर्ने गराउने ।
- विद्युत उत्पादन केन्द्र, रुपान्तरण केन्द्र, उपकेन्द्र वा विद्युत सित सम्बन्धित कुनै संरचनाको सुरक्षाको मापदण्ड तोक्ने र तत्सम्बन्धी कार्य गर्ने गराउने ।
- विद्युत आयोजनाहरुको सर्बेक्षण उत्पादन सम्बन्धमा आवश्यक गुणस्तर निर्धारण गरी सो अनुरुप भए नभएको निरीक्षण गर्ने, गराउने ।
- आयकर तथा अन्य कर, विदेशी विनिमय, जग्गा प्राप्ति र अधिग्रहण तथा अन्य प्रचलित कानून बमोजिम निजी उद्यमीहरुलाई सुविधा उपलब्ध गराउने ।
- अधिनस्थ कार्यहरुको वार्षिक कार्यक्रम तथा बजेट तर्जुनमा गरी स्वीकृतिको लागि सुपरिवेक्षक समक्ष पेश गर्ने ।
- अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी सुपरिवेक्षकमा पेश गर्ने ।
- आवश्यकतानुसार सम्बन्धित विषयमा हुने सभा गोष्ठि तथा सेमिनारमा भाग लिने ।
- अधिनस्थ कर्मचारीहरुको काममा मार्ग दर्शक बनी कर्मचारीहरुलाई सुपरिवेक्षण आवश्कतानुसार निर्देशन र नियन्त्रण गर्ने।
- विध्युत् महशुल निर्धारण आयोगको सचिवालयको कार्यमा सहयोग पुर्याउने।
- प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने गराउने ।
- प्रत्यायोजित अधिकार बमोजिम अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तयार गर्ने प्रोत्साही पुरस्कार सरुवा, वढुवा सम्बन्धी आवश्यक कारवाही गर्ने वा गर्न सिफारिस सहित सुपरिवेक्षक समक्ष पेश गर्ने ।
- प्रत्यायोजित अधिकार बमोजिम टेण्डर आव्हान गर्ने र शर्त अनुसारको कार्य भए नभएका मनिटरिङ्ग गर्ने शर्त बमोजिम कार्य नभएमा कारवाहीको लागि राय सहित पेश गर्ने ।
यस महाशाखा अन्तर्गत ४ वटा शाखाहरु रहेका छन् । यो महाशाखा अन्तर्गत कर्मचारीहरुको दरबन्दी संख्या रा.प. प्रथम श्रेणी मा १, रा.प. द्वितीय श्रेणीमा ४तथा रा.प. तृतीय श्रेणीमा १४ रहेको छ । शाखागत कार्य विवरण निम्नानुसार छ ।
१. आयोजना निरीक्षण तथा अनुगमन शाखा (पूर्व र मध्यक्षेत्र तथा पश्चिम, मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्र)
- अनुमतिपत्र बमोजिम जलस्रोतको उपयोग भए नभएको स्थलगत निरीक्षण गर्ने । आयोजनाका संरचनाहरुको निर्माण कार्य नियमित तथा स्तरीय भए नभएको तथा वातावरणमा प्रतिकूल असर पारे नपारेको सम्बन्धी निरीक्षण गर्ने,
- अनुमतिपत्र खारेज गर्ने तथा दण्ड सजाय सम्बन्धमा अध्ययन गरी सुझाब दिने,
- विद्युत संरचनाहरुमा हुने दुर्घटना सम्बन्धी जाँचबुझका सम्पूर्ण कार्यहरु गर्ने / गराउने,
- असंलग्न रुपमा विद्युत वितरण गरिरहेका संस्थाहरुको महसुल तथा अन्य दस्तुर सम्बन्धमा विद्युत ऐन वमोजिम भए-नभएको निरीक्षण गर्ने ।
२. रोयल्टी व्यवस्थापन तथा विद्युत प्रणाली निरीक्षण शाखा
- विद्युत सेवाको स्तर र विद्युत उत्पादन एवं वितरणमा उपयोग हुने सामानहरुको स्तर एवं उपयोगको तरिकाबारे निर्देशिका तयार गर्ने गराउने र सो बमोजिम भए नभएको निरीक्षण गर्ने,
- विद्युत सेवालाई स्तरीय एवं सुरक्षायुक्त बनाउने कार्यहरु गराउने,
- उत्पादन र वितरण गरिने विद्युतको गुणस्तर निरीक्षण गर्ने । यसका लागि विद्युतको भोल्टेज तथा अन्य प्राविधिक कुराहरुको पालना भए नभएको निरीक्षण गर्ने,
- विद्युत उत्पादन केन्द्र, रुपान्तरण केन्द्र, उपकेन्द्र वा विद्युतसित सम्बन्धित कुनै संरचनाको सुरक्षाको मापदण्ड तोक्ने र सो बमोजिम गर्ने गराउने,
- विद्युत सम्बन्धी दुर्घटना र त्यस सम्बन्धी जाँचबुझका सम्पूर्ण कार्यहरु गर्ने गराउने,
- सञ्चालनमा आइसकेका आयोजनाहरुको समय समयमा निरीक्षण गर्ने,
- रोयल्टी संकलन तथा बाँडफाँड गर्ने,
- विद्युत संरचनाहरुमा हुने दुर्घटना सम्बन्धी जाँचबुझका कार्य तथा प्रचलित कानून बमोजिम निजीक्षेत्रलाई प्रदान गरीने सुविधा / सहुलियत सम्बन्धी कार्यहरु गर्ने ।
३. विद्युत महशुल निर्धारण समन्वय शाखा
- विद्युत महशुल निर्धारण आयोगको सचिवालय सम्बन्धी कार्य गर्ने ।
- विद्युत महशुलको दर प्रस्ताव सम्बन्धमा आवश्यक अध्ययन एवम् जाँचबुझ गर्न आवश्यक सहयोग गर्ने ।
- विद्युत महशुल पुनरावलोकन गर्न प्राप्त दरखास्त अध्ययन गरी सिफारीस सहित आयोगमा पेश गर्ने,
- विद्युत महशुल निर्धारण सम्बन्धी नीति, कार्यविधि तथा मापदण्डहरु तय गर्ने,
- विद्युत महशुल निर्धारण गर्न सरोकारवालाहरुसँग छलफल गर्ने,
- विद्युत महशुल निर्धारण गर्ने कार्यको लागी गोष्ठी, अन्तरक्रिया जस्ता कार्य संचालन गर्ने